DIRECTOR’S STATMENT
Bhunte’s story is written with the village of Gaughat in mind, where I was born and raised by my grandparents. I grew up listening to theirs’ stories, outing in the river, cycling to far-away markets, and playing football until dark. But when I turned twelve, my family moved to the town for a better lifestyle and there ended my childhood.
With time, I moved from the village to the town and then from the town to the city. The city pulled me into the world of theatre and films. I started acting in theatres and making films with my friends. I started learning to write scripts. That was when I decided to write a story based on my childhood memories, and so I went back to my village. It had already been 10 years since I left Gaughat.
Our film romanticizes the life of a child. Bhunte loves playing football, but when his classmate brings a huge football from the town, they refuse to let him play. Bhunte’s father is getting weaker from asthma and wants his son to focus on studies rather than football. He fails to show it causing their relationship to worsen.
As Bhunte’s obsession to collect fund for his huge football increases, his relationship with his asthma stricken father worsens, and so does his conflict within.
Bhunte is a family Drama film, and I have followed its’s rules. Even though this movie is a story of relationships, in its core, is a story of a child’s love, desire and despair.
PRODUCER’S STATMENT
I first met Bikas in 2010 and we both have been working together for the past twelve years. Around 2014, i went to visit his village with him where he told me the story of Bhunte. I was drawn by the story as we both had similar childhood experiences.
We have finished writing the story of Bhunte and now we are looking for Nepalese and international partners to bring the film to life. We are planning to start the production of this film in the mid of 2024, so we hope to secure the finance by then.
Bhunte is a story of bittersweet relationship between father and son. The story shows the warmth within conflict in the family, carrying the true essence of a Nepali household.
An original story within a countryside setting is the strength of this film. Bhunte will be shot in Banke and Bardia districts of western lowlands of Nepal. The villages here are made up of people who have migrated from different villages in the hills. We are casting professional actors for some of the characters, while many actors including actor for Bhunte will be cast from the village.
we hope that you are as excited for the film as we are to bring it to life and that you will be lured by the story of Bhunte.
निर्देशकको भनाई
‘भुन्टे’ गौघाट गाँऊको परिवेशमा आधारित भएर लेखेको कथा हो जहाँ म, मेरो हजुरबुबा र हजुरआमासँग हुर्कि-बढेको थिए। त्यो समय हजुरबुबा र हजुरआमाको कथाहरू सुन्नु, साथीहरूसँग नदी-खोलामा रमाईलो गर्न जानु, साईकल चलाउदै टाढा-टाढाको बजारहरूमा पुग्नु र साँझ नपरेसम्म फुटबल खेल्नु मेरो दैनिकी थियो। तर जब म बाह्र वर्षको भएँ, मेरो परिवार राम्रो अबसरको खोजीमा बजारमा बसाई सर्यो र मेरो बाल्यकालको पनि अन्त्य भयो।
समयसँगै, म गाउँबाट बजार र बजारबाट सहरमा सरेँ । सहरले मलाई नाटक र सिनेमाको संसारमा तान्यो। मैले रंगमन्चमा अभिनय गर्न थालें र साथीहरूसँग फिल्म बनाउन थालें। मैले स्क्रिप्ट लेख्न सिक्न थालें। त्यही बेला मैले मेरो बाल्यकालको सम्झनामा आधारित कथा लेख्ने निधो गरेँ र म धेरै समयपछि मेरो जन्मेको गाउँ फर्किएँ । त्यस समय मैले गौघाट छोडेको १० वर्ष भइसकेको थियो ।
हाम्रो सिनेमाले बाल्यकालको सुन्दर कल्पना गरेको छ। भुन्टे फुटबल खेल्न मन पराउँछ तर जब उनका साथीहरुले सहरबाट ठूलो फुटबल किनेर ल्याउँछन्, उनीहरूले उसलाई फुटबल खेल्न दिदैन्न् । भुन्टेका बुबा दमका कारण कमजोर हुँदै गएका हुन्छन् र छोराले फुटबलमा भन्दा पढाइमा ध्यान केन्द्रित गरेको हेर्न चाहन्छन् तर उहाँले आफ्नो चाहना छोरालाई भन्न असफल हुन्छन् जसको कारण बुबा र छोराको सम्बन्ध बिग्रन्छ।
जसरी भुन्टे एउटा ठूलो फुटबल किन्न पैसा जम्मा गर्न व्यग्र हुन्छ, उसको दमबाट ग्रस्त बुबासँगको सम्बनध पनि विग्रन थाल्दछ, र ऊ भित्रको अन्तरसंघर्ष पनि बढ्दै जान्छ।
भुन्टे पारिवारिक ड्रामा (family Drama) सिनेमा हो र मैले यसको नियमहरू पालना गरेर लेखेको छु। यो सिनेमा सम्बन्धहरुको कथा भए
निर्माताको भनाई
मैले विकासलाई पहिलो पटक सन् २०१० मा भेटेको थिएँ र हामी दुवैजना विगत बाह्र वर्षदेखि सँगै काम गरिरहेका छौं। सन् २०१४ मा म ऊसँग उसको गाउँ घुम्न गएको थिए, जहाँ उसले मलाई भुन्टेको कथा भनेको थियो। हामी दुवैको बाल्यकालको अनुभव उस्तै भएकोले मलाई उसको कथा मन परेको थियो।
हामीले भुन्टेको कथा लेखिसकेका छौं र हामी, नेपाली र अन्तर्राष्ट्रिय साझेदारहरूको खोजीमा छौ, जससँगको सहकार्यबाट हामीले यस सिनेमालाई जीवन्त बनाउन सक्नेछौ। हामीले सन् २०२४ को मध्यबाट यो सिनेमाको उत्पादन (production) सुरु गर्ने योजना बनाएका छौ र हामीलाई आशा छ, त्यस समयसम्ममा हामीले यसको लगानी जुटाईसकेका हुनेछौ।
भुन्टे बाबु र छोराबीचको तितो-मिठो सम्बन्धको सिनेमा हो। यस सिनेमाले परिवारभित्र हुने द्वन्द्वभित्रको न्यानोपनालाई देखाउँछ, जसले नेपाली परिवारको वास्तविकतालाई चित्रण गर्दछ।
यो सिनेमाको सबल पक्ष भनेको ग्रामीण परिवेशमा आधारित भएर लेखिएको मौलिक कथा हो। हामीले भुन्टे सिनेमाको छायांकन नेपालको पश्चिमी तराईका बाँके र बर्दिया जिल्लामा गर्नेछौ, जहाँका धेरै गाउँहरू, पहाडका विभिन्न गाउँहरूबाट बसाइँ सरेर आएका मानिसहरू मिलेर बनेको छ। हामीले केही पात्रहरुका लागि व्यावसायिक कलाकारसँग सहकार्य गर्नेछौ भने ‘भुन्टे’ लगायत धेरै पात्रहरूका लागि गाउँबाट नै कलाकारहरुको छनौट गर्नेछौ।
हामीलाई आशा छ, तपाईं यस सिनेमाको लागि उत्तिकै उत्साहित हुनुहुन्छ जति हामी यसलाई जीवन्त बनाउन चाहन्छौं। साथै, हामीलाई विश्वास छ कि यस ‘भुन्टे’ सिनेमाले तपाईलाई तपाईको बाल्यकालको सम्झनामा पुर्याउनेछ।