हाम्रोबक्स के हो ?
हाम्रोबक्स नेपाली भाषामा नेपाल र विश्वका उत्कृष्ट सिनेमाहरुको जानकारी दिने वेवसाईट हो। यहाँ तपाईले हेर्नु भएका सिनेमाहरुको प्रतिक्रिया दिन सक्नुहुन्छ। हाम्रो मुख्य उदेश्य भनेको सिनेमा पारखीहरुको समुदाय बनाउनु हो।

नेपाली भाषा नै किन ?
नेपालमा पहिलो सिनेमा बनेको ५० बर्ष भन्दा धेरै भैसकेको छ तर पनि हाम्रा सिनेमाहरुले हाम्रो समाज र हामीले भोगेको समयलाई प्रतिनिधित्व गर्न सकेको छैन। यसको प्रमुख कारण भनेको भाषा नै हो जस्तो लाग्दछ किनभने हामीले प्रविधिलाई त भित्रायौ तर सिनेमालई हाम्रो भाषामा बुझ्न र बुझाउन सकेनौ।
हाम्रोबक्सको लक्ष्य भनेकै नेपाली भाषामा विश्वका उत्कृष्ट सिनेमाहरुको छलफल गर्ने चौतारी बन्ने नै हो।

म हाम्रोबक्स लाई कसरी सहयोग गर्न सक्छु ?
तपाईं सामाजिक संजालमा हाम्रोबक्सलाई सेयर गरेर हामीलाई समर्थन गर्न सक्नुहुनेछ। साथै, हाम्रोबक्स एक स्वतन्त्र र विज्ञापन रहित वेवसाईट हो र यसलाई संचालन गर्न आर्थिक आवश्यकता पर्दछ। तपाईले हामीलाई आर्थिक मद्दत गर्न सक्नुहुन्छ: यहाँ जानुहोस्

र अन्तिममा…
*हामी कुनैपनि सिनेमा यस वेवसाईटमा होस्ट (Host) गर्दैनौ र यहाँ राखिने ट्रेलर वा भिडियोहरू बाहिरी लिङ्कहरू (जस्तै फिल्म उत्सवहरू, Youtube, Vimeo वा वितरण कम्पनीहरू) बाट राखिएको हो।

* पुरानो नेपाली सिनेमाहरूका ट्रेलरहरू उपलब्ध छैनन् त्यसैले हामी यहाँ सिनेमाको जानकारी दिने उद्देश्यले ३० सेकेण्ड देखि १ मिनेट (अधिकतम ३ वटा दृश्यहरू) को भिडियो क्लिप राखेका छौं र यदि आधिकारिक व्यक्तिले यसलाई हटाउन चाहेमा हामी त्यसलाई हटाउनेछौं।

*यहाँ प्रयोग भएका कलाकार र सिनेमाका फोटोहरू विभिन्न स्रोतहरूबाट संकलन गरिएको हो। त्यसैले कुनैपनि फोटोहरूको सर्वाधिकार भएमा हामीलाई सम्पर्क गर्नु भएमा फोटोमा credit दिनेछौ वा हटाउने छौ।