-
-
अदृश्य मान्छे
पुष्कर लोहनी
विषय: उपन्यास
बर्ष: वि.सं. २०७७
संस्करण: १
प्रकाशन: शिखा बुक्स
ISBN: ९९३७९३९९४१
पृष्ठ: १५६
-
पुस्तकको बारेमा
यो उपन्यास हामीमध्ये धेरैको लेख्न नमिल्ने आत्मकथाको प्रारूप हो। यो एउटा सन्दिग्धताको इमानदार टिपोट हो। बलात् थोपरिएका मूल्यहरूको साङ्लो एक्कासि तोडिने हो भने मान्छे कस्तो हुन्छ यस उपन्यासले बताउने छ। सम्बन्धहरूमा विश्वास र तृप्तिको अभाव भयो भने मान्छे कसरी टुट्छ, फुट्छ र बहुलाउँछ, त्यो पनि यसै उपन्यासले बताउने छ। एउटै मान्छे कसरी अनेक मन र अनेक जीवनमा बाँचिरहेको हुन्छ, त्यो यहाँ देख्न सकिन्छ। जटिलभन्दा जटिल मानिएका मनोवैज्ञानिक समस्याको समाधान कसरी चयनको स्वतन्त्रता जस्तो सामान्य सूत्रमा निहित छ, त्यो कुरा पनि यसैमा समेटिएको छ। कुरा यत्ति हो, यस सरल सूत्रमा हामीले लगाएको जटिलताको ताल्चा तोडनु जरूरी छ।
पुस्तक पढ्नुहोस...
तपाईलाई यो पनि मन पर्न सक्दछ...