-
-
बाल्यकालका पदचापहरू
खगेन्द्र संग्रौला
विषय: कथाहरु
बर्ष: वि.सं. २०७०
प्रकाशन: फाइनप्रिन्ट
ISBN: ९९३७८७८९८५
पृष्ठ: ३१६
-
पुस्तकको बारेमा
जिउनलाई साना–ठूला संघर्ष गर्ने मानिसका झैं मेरा पनि केही अनुभव छन्, सुखका र दुःखका। सफलताका र विफलताका । स्वार्थका र त्यागका । थिचोमिचोका र असन्तोषका । हेलाँहोचोका र विरोधका। जीतका र हारका। जीवनको उकाली उक्लिन खोज्दा बाटामा घरीघरी चिप्लेर लडेका कथाहरु मेरा पनि छन्। कहिलेकाहीँ चौतारी हुँदै देउरालीसम्म पुगेर जीतबाजीको सास फेरेका क्षणहरु मेरा पनि छन्। हर्षमा हाँसेका केही कुरा छन्, पीडामा रोएका केही कुरा छन्। जीवनका यिनै झिना–मसिना कुरा गाँसिएर, अनुभवमाथि अनुभव थपिँदै जीवनका ठूल्ठूला कुरा बन्दारहेछन्। इँटमाथि इँट खप्टिँदै विशाल महल बनेजस्तै। जीवनका यस्तैयस्तै झिना–मसिना कथाहरुको सङ्ग्रह हो ‘बाल्यकालका पदचापहरू’।
पुस्तक पढ्नुहोस...
लेखक खगेन्द्र संग्रौलाका अन्य पुस्तकहरु...
तपाईलाई यो पनि मन पर्न सक्दछ...