११:११ विश्वको दुई अलग स्थानमा बस्ने दुई सुन्दर आत्माहरूको सहकार्यबाट सिर्जित एल्बम हो र यो उनीहरूको व्यक्तिगत प्रतिबिम्ब हो। यी गीतहरूले दुई युवा संगीतकारहरू – गायिका / गीतकार आस्था तामाङ मास्के, टोरन्टो र नेपालका निर्माता रोहित शाक्यको काम झल्काउँछन्।
यो आफुसँग भएका संगीत उपकरणहरू प्रयोग गरेर उत्पादन गरिएको एक स्वतन्त्र प्रयास हो।