विषय: कथाहरु
बर्ष: वि.सं. २०२५
संस्करण: ४
प्रकाशन: पैरवी बुक हाउस
ISBN: ९७८९९३७८१२८६३
पृष्ठ: १३२
हाम्रो कुरा
जीवनमा मैले थोरै काम गरेको ठान्दिनँ। व्यवसायको बहुमुखी प्रयासबाट समाजका विभिन्न पक्षको विविध अध्यायन गर्ने अवसर मिल्यो। जीवनको अनेकरुपतामा म लट्ठिएँ। फेरि म इतिहासको एक अनौठो कालमा जन्म लिन पुगेछु -यसका लागि मेरा पुर्खालाई सहस्र धन्यवाद! नेपाली इतिहास र समाजका मान्यताहरू विगत २५ वर्षमा अनेक कोल्टो फर्के। यो छिटोछिटो भइरहेको प्रगति र त्यसको बोध पर्याप्त छ जागरूक मस्तिष्कलाई खुराक दिन, हेरिदिने नयनलाई दृष्टि दिन। एक प्रकारले भनुँ, लेखक बनाइनुमा चतुर्थ-शतीको नेपाली सागरमन्थन नै जवाफदेही छ, म छैन। यस सङ्ग्रहमा सङ्कलित कथाहरू यही मन्थनबाट निस्केका अनेक बस्तु हुन्। -शङ्कर लामिछाने (पुस्तकको भुमिकाबाट)