• ghar farkiraheko manish, poetry, Ramesh Kshitij
पुस्तक पढ्नुहोस...
'घर फर्किरहेको मानिस' बारेमा तपाईको नोट लेख्नुहोस...

हाम्रो कुरा

पारदर्शी चहकिला ऐनैऐनाको पङ्क्तिजस्ता देखिन्छन् रमेश क्षितिजका कविता ! अथवा जसरी ऊ त्यो पहाड वा त्यो डाँडाबाट अर्को डाँडा पुग्दा पनि फेरि बाँकी हुन्छ आकाश ! हो त्यसरी नै भाव वा संवेदना विस्तार हुन्छ उनका कवितामा । त्याहाँसम्म पुगें भनेको फेरि आँखा अगि देखिन्छ अर्को बाटो, अर्को शिखर, अर्को आकाश । नवीन, मौलिक र जुठो नपारिएका निजी बिम्बहरुको निर्माण र प्रयोग गर्छन् क्षितिज ।
बिम्बमा प्रस्तुत हुने, काव्यिक वस्तुसँग आफू हस्तान्तरित हुने, काव्यिक चित्रसहित अन्त्यमा विचार प्रक्षेपण गरिने, प्रकृतिलाई मानवीकरण गरेर आफ्नो कथा भन्न लगाउने तथा बिम्ब, प्रतिक, लय, शब्दयोजना, संवेदना र अर्थमा विशेष जोड दिँदै भाषाको लय, सङ्गीतको स्पर्श र संरचनामा रचित रमेश क्षितिजका कविता बुझ्नु पहिले वा अर्थको स्तरमा पुग्नु अगावै संवेद्यसमेत हुन्छन् । यिनै निजत्व र मौलिक परिचयले अर्थपुर्ण छन् उनका कविताहरु । — तुलसी दिवस

तपाईलाई यो पनि मन पर्न सक्दछ...