Ilo Ilo - Film Photo
ILO ILO
Anthony Chen, सिंगापुर, सन् २०१३
१०० मिनेट चिनियाँ / तागालोग / अंग्रेजी

सिनेमासार

सन् १९९० को दशकमा आर्थिक मन्दीबाट गुज्रिरहेको सिंगापुरमा लिम परिवारले घरको काम गर्न र नराम्रो व्यवहार भएको छोराको हेरचाह गर्ने एक फिलिपिनो महिलालाई घरेलु कामदार राख्दछन्। उनीहरुको छोराले फिलिपिनो महिलासँग आत्मिय सम्बन्ध बनाउँदछ तर लिम दम्पतिको पहिलेदेखि समस्याग्रस्त सम्बन्ध झन् खराब हुँदै जान्छ।

हाम्रो कुरा

इलो इलो सिनेमाले सिंगापुरको मध्यम वर्गीय परिवारको जीवनलाई चित्रण गरेको छ र सन् नब्बेको दशकमा एसियामा भएको आर्थिक मन्दीले उनीहरुमाथि परेको प्रभावलाई देखाएको छ। यस सिनेमाका मुख्य विषयहरू काम गुमाउनु पर्दाको पीडा, परिवार भित्रको समस्या र चरम निराशा हो।

फोटोहरू

नोटहरु:

नयाँ नोट लेख्नुहोस...