-
-
करोडौँ कस्तुरी
अमर न्यौपाने
विषय: उपन्यास
बर्ष: वि.सं. २०७२
प्रकाशन: फाइनप्रिन्ट
ISBN: ९७९९३७८९३१४५
पृष्ठ: ३७६
-
पुस्तकको बारेमा
म त्यो दिन सम्झन्छु, जुन बेला भर्खर मेरो ओठमाथि जुँगारेखी बसेको थियो । प्वाल परेको टेनिस सुज लगाएर दिनभरि ज्याला नलिइकन सडक नाप्दै हिँड्थें। कहाँजाने, कता पुग्ने ? कुनै लक्ष्य थिएन। मान्छेहरुले मलाई बरालिएको आवारा केटो भन्थे। त्यसबखत म आफैलाई पनि लाग्थ्यो, यो संसारमा मजस्तो काम नलाग्ने मान्छे कोही छैन होला। बिना उद्देश्य, बिना लक्ष्य हिँड्दै जाँदा एक दिन रङ्गमञ्चमा पाइला टेक्न पुगें। रङ्गमञ्चले पनि मजस्तै मान्छे खोजेको रहेछ क्यारे। रङ्गमञ्चले मलाई कहिल्यै पनि छोड्दै छोडेन। यसले मलाई सबै थोक दियो र हरिवंश बनाइदियो। यो उपन्यास मञ्च नपाएका सम्पूर्ण हरिवंशहरुको कथा हो। मलाई पात्रबिम्ब बनाएर कसैले उपन्यास लेख्ला भन्ने लागेको थिएन। यो उपन्यास ती करोडौं कस्तूरीहरुका लागि महङ्खवपूर्ण हुनेछ, जो आफ्नो जीवनको सुगन्ध थाहा नपाएर भौंतारिइहेका छन् ।-हरिवंश आचार्य
पुस्तक पढ्नुहोस...
लेखक अमर न्यौपानेका अन्य पुस्तकहरु...
तपाईलाई यो पनि मन पर्न सक्दछ...