विषय: निबन्धहरू
बर्ष: वि.सं. २०४६
प्रकाशन: नेपालय
ISBN: ९७८९९३७९३७८४९
पृष्ठ: १५२
हाम्रो कुरा
सात सालको क्रान्तिताका नेपाली कांग्रेसका ‘सुप्रिम कमाण्डर’ तथा क्रान्तिपछिको गैरराणा सरकारको पहिलो प्रधानमन्त्री मातृका प्रसाद कोइराला त्यसभन्दा अगाडिदेखि नै साहित्यकारका रूपमा परिचित थिए ।
कोशी-सन्धि कोइरालाको राजनीतिक जीवनको सबैभन्दा विवादास्पद पाटो रह्यो । प्रवासमा होस् या स्वदेशमा, सधैं कोशी सन्निकट रहेका कोइरालाले यसको महत्ता र विभीषिका दुवै देखे । कोइरालाका आँखाबाट देखिएका कोशीका कथा समाजशास्त्रीय तथा राजनीतिक हिसाबले पठनीय छँदै छन्, भाषा र वाङ्मयका दृष्टिकोणले पनि ओजपूर्ण छन् ।