-
-
विषय: उपन्यास
बर्ष: वि.सं. २०७२
प्रकाशन: अल्केमी पब्लिकेसन
ISBN: ९७८९९३७००५८२१
पृष्ठ: २७९
-
पुस्तकको बारेमा
यो जीवन नामको तत्व के हो ? मरेपछि यो सकिन्छ कि निरन्तर रहिरहन्छ ? मानिस दुःखी किन छ ? यो दुःख के हो ? यसबाट छुट्ने कुनै उपाय पनि छ कि दुःख नै जीवनको सत्य हो ? उपन्यासकी नायिका मोनिका भन्छे, ‘खानु, पिउनु, बिहा गर्नु, छोराछोरी जन्माउनु र हिड्नु मात्रै जीवन हो भने यो झर्को लाग्दो छैन त ?’ यस्ता प्रश्न ज्यादातर दर्शनको रौंचिरा प्रमाण खोज्दा गर्ने गरिन्छ। सिद्धान्त र दर्शनको निरस गन्थनमन्थनमा उत्तर दिने परम्परा छ। आख्यानमा पढूँपढूँ लाग्ने गरी यस्ता प्रश्न, पात्र र भावभूमीको सिर्जना सायदै भएको छ। यस अर्थमा एक कोशेढुंगा हो प्रस्तुत उपन्यास निर्वाण ।
पुस्तक पढ्नुहोस...
तपाईलाई यो पनि मन पर्न सक्दछ...