विषय: आञ्चलिक उपन्यास
बर्ष: वि.सं. २०७६
संस्करण: १
प्रकाशन: सांग्रीला बुक्स
ISBN: ९७८९९३७७३४३५६
पृष्ठ: १४०
हाम्रोकुरा
मोदीखोलो र कालीगण्डकीको उत्तर-पश्चिम दोभानमा माछा मारेर र डुङ्गा तारेर गुजारा चलाउने बोटे (माझी) परिवार विस्थापनको आख्यान हो, फुर्लुङ। स्थान, भाषा, परम्परा र संस्कार विशेषका कारण यो अब्बल आञ्चलिक आख्यानमा दरिएको छ। गरिबको शासन आउने आशामा माओवादी विद्रोहमा सामेल पुस्ताको धूलिसात सपनामाथि आख्यानले करूण व्यङ्ग्य गरेको छ। आकारमा लघुकाया भए पनि यसले पाठकलाई सुरूआतदेखि समापनसम्म बाँधेर राख्छ। यो लोकजीवनको अध्ययनका निम्ति पनि गहकिलो खुराक हुन सक्छ। -सांग्रीला बुक्स