आमा
हिरा सिंह खत्री, नेपाल, वि. सं. २०२१

आफ्नी आमाको मृत्युको खबरले दु:खी भएर लाहुर फर्कन लागेका मानबहादुरले देशमा आएको नयाँ शासन व्यवस्था र त्यसले ल्याएको उत्साहले देशको सेवा गरेर गाँउमै बस्ने निर्णय गर्दछ।

माईतीघर
बी.एस. थापा, नेपाल, वि.सं. २०२३

आफ्नो लोग्नेको मृत्युपछि परिवार र समाजको तिरस्कारलाई त्यगेर एउटी विधवा युवती अनजान यात्रामा निस्कन्छे।

परालको आगो
प्रताप सुब्बा, भारत , वि.सं. २०३४

कलाकार र निर्माण टोली सिनेमासार घरको काम गर्न छोडेर गाँउमा गएर विहेमा रमाउनु पर्ने भन्दै श्रीमानबाट कुटिएपछि गौथली माईती जान्छे।..

सम्झना
शम्भु प्रधान, नेपाल, वि. सं. २०३९

एक चिया बगानको म्यानेजर आफ्नी छोरीलाई आफ्नो र चिया बगानमा काम गर्ने एक युवती बिचको प्रेम कथा भन्दछन्।

बासुदेव
नीर शाह, नेपाल, वि.सं. २०४१

एक गरीब तर आदर्शवादी शिक्षक, एक भ्रष्ट समाज र उनीहरु बिचको संघर्ष…..यो एक साधारण व्यक्तिको दुखान्त कथा हो।

कुसुमे रूमाल
तुलसी घिमिरे, नेपाल, वि.सं. २०४२

सुनीति कलेजको एउटा भद्र केटालाई माया गर्छिन् तर कलेजकै अर्को एउटा केटा सुनीतिलाई मन पराउदछ। त्यस्तै सुनीतिको खेतबारी रेखदेख गर्ने एउटा केटा सुनीति र उसको बुवाको राम्रो व्यवहारले सुनीतिसँग आफ्नो सम्बन्धको कल्पना गर्न थाल्छ।

साईनाे
उगेन छोपेन, नेपाल, वि.सं. २०४४

तृप्ति, आकाश र उनीहरुको सानो छोरा शान्तिमय जीवनको आशामा बम्बई शहर छोडेर गाँउमा बसाई सर्दछन्। गाँउको जमिन्दार तृप्ति माथि नराम्रो नजर लगाउदछ र आकाशको असमायिक मृत्युपछि उनी एक्लो र कमजोर हुन्छिन्। यो महत्वपूर्ण मोडमा, एक अपरिचित मान्छे उनको जीवनमा आउद्छ।

लाहुरे
तुलसी घिमिरे, नेपाल, वि.सं. २०४५

छुट्टीमा मामाघर आएको लाहुरेसँग विवाह हुने पक्का भैसकेको मन्जरी नसोचेको घटनाले गर्दा गाँउबाट भाग्दछिन् र उनीहरुको फेरी भेट हुदैन। बर्षौपछि उनीहरुको सम्बन्धबाट जन्मेको छोरा लाहुरे बन्दछ र युध्दभूमिमा आफ्नो बुवालाई भेट्दछ।

चिनो
तुलसी घिमिरे, नेपाल, वि.सं. २०४७

जेलबाट भागेर निस्केको एक अपराधीले आफुलाई मनपर्ने केटीले विवाह गरिसकेको थाहा पाएपछि उनीसँग बदला लिन खोज्दछ।

देउकी
बन्नी प्रधान, नेपाल, वि.सं. २०५०

शैक्षिक भ्रमणमा बैतडी घुम्न गएको एक विधार्थीको गाँउको एक देउकीसँग प्रेम पर्दछ तर देउकीमाथि आफ्नो अधिकार हुने भन्ने त्यस गाँउको मुखियाले देउकीलाई मन्दिरमा चढाएको र उनको विवाह हुन नसक्ने भन्दै उनीहरुको प्रेमलाई रोक्न खोज्दछ।

प्रेम पिण्ड
यादव खरेल, नेपाल, वि.सं. २०५०

राणा जनरलको दरबारमा काम गर्न आएको गाउँकी केटी र त्यहि दरबारमा काम गर्ने केटा एक अर्कालाई माया गर्छन् तर उनीहरु एक अर्कासँग विछोडिनु बाध्य हुन्छन् किनभने त्यो केटी राणा जनरलको सबैभन्दा प्रिय सुसारे हुन्छे।

ट्रक ड्राइभर
राज कुमार शर्मा, नेपाल, वि.सं. २०५०

आफ्नो प्रेमी ट्रकको ब्रेक फेल भएर राजमार्गबाट खसेर मृत्यु भएको खबरपछि आत्माहत्या गर्न खोजेकी अमृतालाई, उनलाई मन पराउने एक युवकले उद्धार गर्छ र उनीहरुको बिबाह हुन्छ। जब उनीहरूको छोरी ठूली हुन्छे र बिहे गर्न तयार हुन्छे, एक अनपेक्षित व्यक्ति तिनीहरूको जीवनमा आउँदछ।

राजमति
नीर शाह, नेपाल, वि.सं. २०५१

धुमिरिएको कपाल, लाम्चा आँखा र गालामा दुईवटा कोठी भएको एकदम राम्री केटी र उनको असफल प्रेम सम्बन्धरू…

दशिणा
तुलसी घिमिरे, नेपाल, वि.सं. २०५१

एक आदर्श शिक्षकको जीवनी जसले आफ्ना विद्यार्थीहरूलाई सँधै असल व्यक्ति बन्न र सच्चा जीवन बिताउन प्रेरित गर्दछन।

स्वर्ग
शम्भु प्रधान, नेपाल, वि.सं. २०५१

सानै उमेरमा आमा गुमाएर बुबाको मायामा हुर्केकी सावित्री आफ्नो प्रेमीसँग विवाह गर्छे र एउटा असल बुहारी बन्दछे तर उनको सासु आफुले भनेको बुहारी भित्राउन नपाएर उनलाई हेला गर्दछे।

सिमाना
प्रकाश सायमी, नेपाल, वि.सं. २०५२

एक शोषक जमिन्दार, मुग्लानबाट जमिन्दारको ऋण तिर्न घर फर्किएका एक गाउँले अनि हक र अधिकारको संघर्ष…

बलिदान
तुलसी घिमिरे, नेपाल, वि.सं. २०५३

क्रान्तिकारी नेता पक्राऊ भएको खबर पाएपछि गाउँमा लुकेर बसेको एक युवकले क्रान्तिको गतिविधिलाई तीब्र बनाउँदछन् तर प्रशासन र पुलिस बल क्रान्ति र उनलाई विफल पार्न खोज्छन्।

साथी
लक्ष्मीनाथ शर्मा, नेपाल, वि.सं. २०५४

आफ्नो कोखबाट सन्तान नभएपछि श्रीमानलाई दोस्रो विवाह गर्न राजी गरेकी प्रमिलाले छोरालाई जन्म दिन्छिन् तर दोस्रो श्रीमती बनेर आएकी उर्मिलाको उद्देश्य उनीहरूको सम्पत्ति आफ्नो बनाउने हुन्छ।

आदिकवि भानुभक्त आचार्य
यादव खरेल, नेपाल, वि.सं. २०५६

आदिकावि भानुभक्त आचार्यको जीवनी जो एक साधरण ब्राह्मण परिवारमा जन्मेका थिए र नेपाली भाषाका पहिलो कवि बने।

क्याराभान
एरिक भल्ली, नेपाल, वि.सं. २०५६

गाउँको मुखियाले कर्मालाई नुन लिन तिब्बत जाँदै गरेको समूहको नेता बनाउन अस्वीकार गर्दछन्। हिउँ पर्न चाँडै सुरु हुने अनुमान गरि कर्माले साईत अगाडि नै यात्रा शुरू गर्दछ। मुखियाले पनि एक अलग समूह गठन गर्दछ। बुढो मुखिया र मुखिया बन्न लागेको कर्माको आमने-सामने कठोर हिमालको बिचमा हुन्छ।

मुकुण्डो
छिरिङ रितार शेर्पा, नेपाल, वि.सं. २०५६

एक मात्र छोराको मृत्यु पछि सरस्वती पागल जस्तै हुन्छे र साधुको सल्लाहमा मातालाई देखाउन थाल्छे। उनी विस्तारै निको हुन्छे तर माता आफ्नो श्रीमानको खाईलाग्दो शरीरले मोहित भएको थाहा पाएपछि उनी फेरि बिरामी पर्छिन्।माताले उनलाई निको पार्न एक अनुष्ठान गर्ने निर्णय गर्छिन् जहाँ यी दुई महिला आमने-सामने हुन्छन्।

वसन्ती
नीर शाह, नेपाल, वि.सं. २०५७

अचानकको भेटपछि गगन सिंह र वसन्ती एक अर्कालाई प्रेम गर्दछन्। बडा महानरानीको प्रिय गगन सिंह देशको सबैभन्दा शक्तिशाली काजी बन्दछन्। काजी गगन सिंहको वसन्तीलाई कजिनी बनाएर दरवार भित्राउने चाहाना र दरवारियाहरूको शक्तिशाली बन्ने होडमा एक नयाँ व्यक्तिको सत्तामा उदय हुन्छ।

आगो
नारायण पुरी, नेपाल, वि.सं. २०५७

आफ्नो विपक्षमा समाचार छापेको भन्दै एक सांसदले पुलिसको सहयोगमा आफ्नो वुवालाई यातना दिएर मारेपछि विद्रोहीहरुकोमा पुगेको अमर अन्यायको विरुद्ध लड्दछ।

दर्पण छायाँ
तुलसी घिमिरे, नेपाल, वि.सं. २०५८

कलेजका दुई मिल्ने केटा साथीहरू, एक राम्री केटी र उनीहरूको वियोगान्त प्रेम कथा