आमा
हिरा सिंह खत्री, नेपाल, वि. सं. २०२१

आफ्नी आमाको मृत्युको खबरले दु:खी भएर लाहुर फर्कन लागेका मानबहादुरले देशमा आएको नयाँ शासन व्यवस्था र त्यसले ल्याएको उत्साहले देशको सेवा गरेर गाँउमै बस्ने निर्णय गर्दछ।

माईतीघर
बी.एस. थापा, नेपाल, वि.सं. २०२३

आफ्नो पतिको मृत्यु पछि एक विधवा परिवार र समाजको तिरस्कारलाई त्यगेर अज्ञात यात्रामा निस्कन्छे।

परालको आगो
प्रताप सुब्बा, भारत , वि.सं. २०३४

घरको काम छोडेर विहेमा रमाउनु पर्ने भन्दै श्रीमानबाट कुटिएपछि गौथली माईती जान्छे। गौथलीको श्रीमान् शुरूमा त खुशी नै हुन्छ तर बिस्तारै उसलाई श्रीमतीको न्यास्रो लाग्न थाल्छ र एकदिन गौथलीलाई लिन ससुराली जान्छ।

सम्झना
शम्भु प्रधान, नेपाल, वि. सं. २०३९

चिया बगैचाको प्रबन्धकले आफ्नी छोरीलाई उसको र चिया बगानमा काम गर्ने एक युवती बीचको प्रेम कथा सुनाउँछन्।

बासुदेव
नीर शाह, नेपाल, वि.सं. २०४१

एक गरीब तर आदर्शवादी शिक्षक, एक भ्रष्ट समाज र उनीहरु बिचको संघर्ष…..यो एक साधारण व्यक्तिको दुखान्त कथा हो।

कुसुमे रूमाल
तुलसी घिमिरे, नेपाल, वि.सं. २०४२

सुनीति कलेजको एउटा भद्र केटालाई माया गर्छिन् तर कलेजको अर्को एउटा केटा सुनीतिलाई मन पराउदछ। त्यस्तै सुनीतिको खेतबारी रेखदेख गर्ने एउटा केटा सुनीति र उसको बुवाको राम्रो व्यवहारले सुनीतिसँग आफ्नो सम्बन्धको कल्पना गर्न थाल्छ।

साईनो
उगेन छोपेन, नेपाल, वि.सं. २०४४

तृप्ति, आकाश र उनीहरुको सानो छोरा शान्तिमय जीवनको आशामा बम्बई शहर छोडेर गाँउमा बसाइँ सर्दछन्। गाँउको जमिन्दार तृप्ति माथि नराम्रो नजर लगाउदछ र आकाशको असमायिक मृत्यु पछि उनी एक्लो र कमजोर हुन्छिन्। यो कठिन मोडमा एक अपरिचित मान्छे उनको जीवनमा आउँदछ।

लाहुरे
तुलसी घिमिरे, नेपाल, वि.सं. २०४५

छुट्टीमा मामाघर आएको लाहुरेसँग विवाह हुने पक्का भैसकेको मन्जरी एक अप्रत्याशित घटनाले गाँउबाट भाग्दछिन् र लाहुरेसँग फेरी भेट हुदैन। बर्षौपछि, उनीहरुको सम्बन्धबाट जन्मेको छोरा सेनामा भर्ती हुन्छ र युद्ध मैदानमा आफ्नो बुबालाई भेट्छ।

चिनो
तुलसी घिमिरे, नेपाल, वि.सं. २०४७

जेलबाट भागेको एक अपराधी उसले मन पराएको केटीले विवाह गरिसकेको थाहा पाएपछि उनीसँग बदला लिने निर्णय गर्दछ।

देउकी
बन्नी प्रधान, नेपाल, वि.सं. २०५०

शैक्षिक भ्रमणमा बैतडी घुम्न गएको एक विधार्थीको देउकीसँग प्रेम पर्दछ तर गाँउको मुखिया, जो देउकीमाथि आफ्नो अधिकार रहेको दाबी गर्छ, देउकीलाई मन्दिरमा चढाएको र उनको विवाह हुन नसक्ने भन्दै उनीहरुको प्रेमलाई रोक्न खोज्दछ।

प्रेम पिण्ड
यादव खरेल, नेपाल, वि.सं. २०५०

गाँउबाट दरबारमा काम गर्न आएकी एउटी केटी र त्यहि दरबारमा काम गर्ने एक केटा एक अर्कालाई माया गर्दछन् तर उनीहरू एक अर्काबाट अलग हुन बाध्य हुन्छन् किनभने ती केटी राणा जनरलको सबैभन्दा प्रिय सुसारे हो।

ट्रक ड्राइभर
राज कुमार शर्मा, नेपाल, वि.सं. २०५०

ट्रक दुर्घटनामा आफ्नो प्रेमीको मृत्यु भएको खबर पाएपछि आत्माहत्या गर्न खोजेकी अमृतालाई, उनलाई मन पराउने एक युवकले उद्धार गर्छ र उनीहरुको बिबाह हुन्छ। जब उनीहरूको छोरी ठूली हुन्छे र बिहे गर्न तयार हुन्छे, एक अनपेक्षित व्यक्ति तिनीहरूको जीवनमा आउँदछ।

राजमति
नीर शाह, नेपाल, वि.सं. २०५१

घुम्रेको कपाल, ठुला कोसे आँखा, गोरो मुहारमा दुईवटा कोठी भएको एकदम राम्री केटी र उनको असफल प्रेम सम्बन्धहरू…

दशिणा
तुलसी घिमिरे, नेपाल, वि.सं. २०५१

एक आदर्श शिक्षकको जीवनी जसले आफ्ना विद्यार्थीहरूलाई सँधै असल व्यक्ति बन्न र सच्चा जीवन बिताउन प्रेरित गर्दछन।

स्वर्ग
शम्भु प्रधान, नेपाल, वि.सं. २०५१

सानै उमेरमा आमा गुमाएर बुबाको मायामा हुर्केकी सावित्री आफ्नो प्रेमीसँग विवाह गर्छे र एक असल बुहारी बन्दछे तर उनको सासु आफुले भनेको बुहारी भित्राउन नपाएर उनलाई हेला गर्दछे।

सिमाना
प्रकाश सायमी, नेपाल, वि.सं. २०५२

एक शोषक जमिन्दार, एक मुग्लानबाट घर फर्किएका गाउँले र हक अधिकारको संघर्ष…

बलिदान
तुलसी घिमिरे, नेपाल, वि.सं. २०५३

क्रान्तिकारी नेताको पक्राऊ भएको खबर सुनेपछि गाउँमा लुकेका एक युवकले क्रान्तिको गतिविधिलाई तीब्र बनाउँदछन् तर प्रशासन र पुलिस बलले क्रान्ति र उनलाई विफल पार्न खोज्छन्।

साथी
लक्ष्मीनाथ शर्मा, नेपाल, वि.सं. २०५४

आफ्नो कोखबाट सन्तान नभएपछि श्रीमानलाई दोस्रो विवाह गर्न राजी गरेकी प्रमिलाले छोरालाई जन्म दिन्छिन् तर दोस्रो श्रीमती बनेर आएकी उर्मिलाको उद्देश्य उनीहरूको सम्पत्ति आफ्नो बनाउने हुन्छ।

आदिकवि भानुभक्त आचार्य
यादव खरेल, नेपाल, वि.सं. २०५६

आदिकावि भानुभक्त आचार्यको जीवनी जो एक साधरण ब्राह्मण परिवारमा जन्मेका थिए र नेपाली भाषाका पहिलो कवि बने।

क्याराभान
एरिक भल्ली, नेपाल, वि.सं. २०५६

गाउँको मुखियाले कर्मालाई तिब्बतमा नुन लिन जाँदै गरेको समूहको नेता बनाउन अस्वीकार गर्दछन्। हिउँ पर्न चाँडै सुरु हुने अनुमान गरि कर्मा साईत अगाडि नै यात्रा शुरू गर्दछ। मुखियाले पनि एक अलग समूह गठन गर्दछ। बुढो मुखिया र मुखिया बन्न लागेको कर्माको आमने-सामने कठोर हिमालको बिचमा हुन्छ।

मुकुण्डो
छिरिङ रितार शेर्पा, नेपाल, वि.सं. २०५६

आफ्नो एक मात्र छोराको मृत्युपछि पागल जस्तै भएकी सरस्वती मातालाई देखाउछे र निको हुन थाल्छे। तर जब माता उनको पतिको खाईलाग्दो शरीरप्रति आकर्षित भएको थाहा पाउछे, उनी फेरि विरामी पर्छे। माताले उनलाई निको पार्न एक अनुष्ठान गर्ने निर्णय गर्छिन् जहाँ यी दुई महिला आमने-सामने हुन्छन्।

वसन्ती
नीर शाह, नेपाल, वि.सं. २०५७

अचानकको भेटपछि गगन सिंह र वसन्ती एक अर्कालाई प्रेम गर्दछन्। बडा महानरानीको प्रिय गगन सिंह देशको सबैभन्दा शक्तिशाली काजी बन्दछन्। काजी गगन सिंहको वसन्तीलाई कजिनी बनाएर दरवार भित्राउने चाहाना र दरवारियाहरूको शक्तिशाली बन्ने होडमा एक नयाँ व्यक्तिको सत्तामा उदय हुन्छ।

आगो
नारायण पुरी, नेपाल, वि.सं. २०५७

एक सांसदले आफ्नो विपक्षमा समाचार छापेको भन्दै पुलिसको सहयोगमा बुबालाई यातना दिएर मारेपछि विद्रोहीहरुकोमा पुगेको अमर अन्यायको विरुद्ध लड्दछ।

दर्पण छायाँ
तुलसी घिमिरे, नेपाल, वि.सं. २०५८

कलेजका दुई मिल्ने केटा साथीहरू, एक राम्री केटी र उनीहरूको वियोगान्त प्रेम कथा