१०० निर्देशकका १०० सिनेमा
PARASITE - Film Photo
PARASITE
Bong Joon-ho, दक्षिण कोरिया, सन् २०१९

निम्न वर्गीय किम परिवार र धनी वर्गीय पार्क परिवार बिच एक अर्काको आवश्यकता पुरा गर्न बनेको सम्बन्ध लोभ र वर्ग भेदभावले खतरामा पार्दछ।

THE WOMAN WHO LEFT - Film Photo
THE WOMAN WHO LEFT
Lav Diaz, फिलिपिन्स, सन् २०१६

एक महिला, जो आफ्नो जीवन नै कैद भएको अनुभव गर्दछे, तीस बर्ष गलत अभियोगमा जेल सजाय भोगेर छुटेपछि आफ्नो पूर्व प्रेमीलाई बदला लिने योजना बनाउछे।

IDA - Film Photo
IDA
Paweł Pawlikowski, पोल्याण्ड | डेनमार्क, सन् २०१३

अन्ना क्याथोलिक भिक्षुणी बन्न दिक्षा लिनु अघि आफ्नो एक मात्र नातेदारबाट उनी यहूदी भएको थाहा पाउछिन् र नातेदारसँग आफ्नो पारिवारको कथा पत्ता लगाउन गाँउको यात्रा गर्दछिन्।

Ilo Ilo - Film Photo
ILO ILO
Anthony Chen, सिंगापुर, सन् २०१३

सन् १९९० को दशकमा आर्थिक मन्दीबाट गुज्रिरहेको सिंगापुरमा लिम परिवारले घरको काम गर्न र नराम्रो व्यवहार भएको छोराको हेरचाह गर्ने एक फिलिपिनो महिलालाई घरेलु कामदार राख्दछन्। उनीहरुको छोराले फिलिपिनो महिलासँग आत्मिय सम्बन्ध बनाउँदछ तर लिम दम्पतिको पहिलेदेखि समस्याग्रस्त सम्बन्ध झन् खराब हुँदै जान्छ।

THE LUNCHBOX - Film Photo
THE LUNCHBOX
Ritesh Batra, भारत | फ्रान्स, सन् २०१३

मुम्वाईमा गलत व्यक्तिकोमा पुगेको एउटा लन्चबक्सले एक गृहिणीलाई कामबाट अवकाश पाउन लागेका एक प्रौढ मानिससँग जोड्दछ। उनीहरूले लन्चबक्समा नोटहरु मार्फत आफ्ना सुख-दुखहरू साटासाट गर्दछन् र एउटा उत्सुक्तामा शुरू भएको सम्बन्धले उनीहरुको जीवनमा अप्रत्याशित खुशी र आशा जगाउदछ।

Moonrise Kingdom - Film Photo
MOONRISE KINGDOM
Wes Anderson, अमेरिका, सन् २०१२

सन् १९६५ को गर्मी याममा चिठी आदनप्रदान गरेर साथी बनेका एक टुहुरो केटा र आफ्नै संसारमा रमाउने एक केटी सँगै भागेपछि केटाको स्काउट्सको टोली र केटीको परिवार उनीहरूको खोजीमा निस्कन्छन्।

ONCE UPON A TIME IN ANATOLIA - Film Photo
ONCE UPON A TIME IN ANATOLIA
Nuri Bilge Ceylan, टर्की | बोस्निया हर्जेगोविना, सन् २०११

एक प्रहरी अफिसर, एक सरकारी वकिल, एक डाक्टर र एक हत्यामा संदिग्ध व्यक्ति रातभर ग्रामीण एनाटोलिया इलाकामा हत्या गरेर गाडिएको लाश खोज्दछन्।

Uncle Boonmee Who Can Recall His Past Lives - Film Photo
UNCLE BOONMEE WHO CAN RECALL HIS PAST LIVES
Apichatpong Weerasethakul, थाईल्याण्ड | स्पेन, सन् २०१०

बुन्मीले आफ्ना अन्तिम दिनहरू गाँउको घरमा आफन्तहरुसँग बिताउने निर्णय गर्दछन्। उहाँको मृत पत्नी र हराएको छोरा, जो जंगली जनावरको आत्मा भएको हुन्छ, उहाँलाई भेट्न आउँछन् र उनीहरू बुन्मीको अघिल्लो जन्मको जन्मथलो, रहस्यमय पहाडी गुफाको यात्रा गर्दछन्।

WALTZ WITH BASHIR - Film Photo
WALTZ WITH BASHIR
Ari Folman, इजरायल | अमेरिका, सन् २००८

सिनेमा निर्देशक एरीलाई एक पुरानो साथीले उसले सधै देख्ने सपनाको बारेमा बताउँछ जहाँ २६ वटा डरलाग्दा कुकुरले उसलाई लखेटिरहेको हुन्छ। उनीहरुले त्यो सपना सन् १९८२ को लेबनान युद्धसँग सम्बन्धित भएको अनुमान लगाँउदछन् तर एरीलाई त्यस समयको कुनैपनि घटनाहरू याद आउदैन र यथार्थ पत्ता लगाउने निर्णय गर्दछ।

THE SONG OF SPARROWS - Film Photo
THE SONG OF SPARROWS
Majid Majidi, ईरान, सन् २००८

करिमको छोरीको परीक्षा नजिकिदै गर्दा उनको श्रवण यन्त्र बिग्रन्छ। साथै, करिम काम गर्ने फार्मबाट एउटा शुतुरमुर्ग भागेपछि उसलाई कामबाट निकालिन्छ। यी दुई घटनाले उसको ग्रामीण परिवारमा उथलपुथल ल्याउछ।