दशिण एसियाका सिनेमाहरू
THE LUNCHBOX - Film Photo
THE LUNCHBOX
Ritesh Batra, भारत | फ्रान्स, सन् २०१३

मुम्वाईमा गलत व्यक्तिकोमा पुगेको एउटा लन्चबक्सले एक गृहिणीलाई कामबाट अवकाश पाउन लागेका एक प्रौढ मानिससँग जोड्दछ। उनीहरूले लन्चबक्समा नोटहरु मार्फत आफ्ना सुख-दुखहरू साटासाट गर्दछन् र एउटा उत्सुक्तामा शुरू भएको सम्बन्धले उनीहरुको जीवनमा अप्रत्याशित खुशी र आशा जगाउदछ।

DUKHAI - Film Photo
DUKHAI
मोर्शेदुल इसलाम, बंगलादेश, सन् १९९७

सन् १९७० को आँधीबेहरीमा सबै सम्पत्ति गुमाएपछि दुखाई र उसको परिवार तटभन्दा पर बसाई सर्दछन्। प्राकृतिक प्रकोपसँग जुध्दै र गुमाउदै अधि बढिरहेको दुखाई छोरी सुखाईको जन्मले उत्साही हुन्छ। तर २४ मे १९८५मा आएको आँधीबेहरीमा पाँच लाख मानिसहरुसँगै दुखाईले आफ्नी श्रीमती र छोरी पनि गुमाउदछ।

Suraj Ka Satvan Ghoda - Film Photo
सूरजका सातवाँ घोडा
श्याम बेनेगल, भारत, सन् १९९२

आफ्नो जीवनमा प्रेमको अर्थ खोजी रहेका मानेक मुल्लाले उसका साथीहरूलाई उसको जीवनमा फरक समयमा भेटेका तीनजना महिलाका तीनबाट कथाहरू सुनाउँदछ जहाँ उसको प्रेम सामाजिक प्रतिबन्ध, आर्थिक बाध्यता र सम्झौतापूर्ण जीवनका कारण अपूर्ण हुन्छ।

Ardh Satya - Film Photo
अर्ध सत्य
गोविन्द निहलानी, भारत, सन् १९८३

बुबाको दबाबमा प्रहरी बलमा भर्ती भएको एक युवक आफ्नो आदर्श, प्रहरी बल भित्रको भ्रष्टाचार र त्यसको राजनीतिसँगको सम्बन्धको बीचमा फस्दछ।

Jago Hua Savera - Film Photo
जागो हुआ सवेरा
ए जे कादर, पाकिस्तान, सन् १९५९

शैतानोल गाउँका मछुवाहरू आफ्नै एउटा डुङ्गा चाहन्छन् जसले उनीहरूलाई स्वतन्त्रता दिनेछ तर कठोर नदी र शोषक साहुको कारण उनीहरूको सपना पुरा हुन पाउदैन र संघर्षपूर्ण जीवन बिताउन बाध्य छन्।

PATHER PANCHALI- Film Photo
PATHER PANCHALI
सत्यजित रे, भारत, सन् १९५५

विपन्न पुजारी हरिहर रे कामको खोजीमा आफ्नो गाउँ छोडेर जान्छन्। उनका छोरा अपू र छोरी दुर्गा गरिबीमा पनि सक्दो रमाउन खोज्छन् तर श्रीमती सरबोजाको जीवन झन दयनीय बन्छ।