केहि पुराना र केहि नयाँ नेपाली सिनेमाहरु… केहि सफल नेपाली सिनेमाहरू जसले हामीलाई खुशी र उत्साह दिन्छन् र केहि स्वतन्त्र नेपाली सिनेमाहरू जसले हामीलाई प्रेरणा दिन्छन्।

हिरा सिंह खत्री, नेपाल, वि. सं. २०२१
आफ्नी आमाको मृत्युको खबरले दु:खी भएर लाहुर फर्कन लागेका मानबहादुर देशमा आएको नयाँ शासन व्यवस्था र त्यसले ल्याएको उत्साहले देशको सेवा गरेर गाँउमै बस्ने निर्णय गर्दछ।

बी.एस. थापा, नेपाल, वि.सं. २०२३
आफ्नो पतिको मृत्यु पछि एक विधवा परिवार र समाजको तिरस्कारलाई त्यगेर अज्ञात यात्रामा निस्कन्छे।

प्रताप सुब्बा, भारत , वि.सं. २०३४
गौथली श्रीमानबाट घरको काम छोडेर विहेमा रमाउनु पर्ने भन्दै कुटिएपछि माईती जान्छे। गौथलीका श्रीमान् शुरूमा त खुशी नै हुन्छ तर बिस्तारै उसलाई श्रीमतीको न्यास्रो लाग्न थाल्छ र एकदिन गौथलीलाई लिन ससुराली जान्छ।

शम्भु प्रधान, नेपाल, वि. सं. २०३९
एक चिया बगैचाको प्रबन्धकले आफ्नी छोरीलाई उसको र चिया बगैचामा काम गर्ने एक युवती बीचको प्रेम कथा सुनाउँछन्।

नीर शाह, नेपाल, वि.सं. २०४१
एक गरीब तर आदर्शवादी शिक्षक, एक भ्रष्ट समाज र उनीहरु बिचको संघर्ष…..यो एक साधारण व्यक्तिको दुखान्त कथा हो।

तुलसी घिमिरे, नेपाल, वि.सं. २०४२
सुनीति कलेजको एउटा भद्र केटालाई माया गर्छिन् तर कलेजको अर्को एउटा केटा सुनीतिलाई मन पराउदछ। त्यस्तै सुनीतिको खेतबारी रेखदेख गर्ने एउटा केटा सुनीति र उसको बुवाको राम्रो व्यवहारले सुनीतिसँग आफ्नो सम्बन्धको कल्पना गर्न थाल्छ।

उगेन छोपेन, नेपाल, वि.सं. २०४४
तृप्ति, आकाश र उनीहरुको सानो छोरा शान्तिमय जीवनको आशामा बम्बई शहर छोडेर गाँउमा बसाइँ सर्दछन्। गाँउको जमिन्दार तृप्ति माथि नराम्रो नजर लगाउदछ र आकाशको असमायिक मृत्यु पछि उनी एक्लो र कमजोर हुन्छिन्। यो कठिन मोडमा एक अपरिचित मान्छे उनको जीवनमा आउँदछ।

तुलसी घिमिरे, नेपाल, वि.सं. २०४५
छुट्टीमा मामाघर आएको लाहुरेसँग विवाह हुने पक्का भैसकेको मन्जरी एक अप्रत्याशित घटनाले गाँउबाट भाग्दछिन् र लाहुरेसँग फेरी भेट हुदैन। बर्षौपछि, उनीहरुको सम्बन्धबाट जन्मेको छोरा सेनामा भर्ती हुन्छ र युद्ध मैदानमा आफ्नो बुबालाई भेट्छ।

तुलसी घिमिरे, नेपाल, वि.सं. २०४७
जेलबाट भागेको एक अपराधी उसले मन पराएको केटीले विवाह गरिसकेको थाहा पाएपछि उनीसँग बदला लिने निर्णय गर्दछ।

बन्नी प्रधान, नेपाल, वि.सं. २०५०
शैक्षिक भ्रमणमा बैतडी घुम्न गएका एक विधार्थीको देउकीसँग प्रेम पर्दछ तर गाँउको मुखियाले देउकीलाई मन्दिरमा चढाएको र उसमाथि आफ्नो अधिकार रहेको र उनको विवाह हुन नसक्ने दाबी गर्दै उनीहरुको प्रेमलाई रोक्न खोज्दछ।